सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला
सूचना । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले २०७५ साल माघ महिनाबाट विभिन्न खाले नि:शुल्क तालिमहरू सञ्चालन गर्ने भएको छ ।
वेकरी र वेटरको तालिम लिएर पर्यटन क्षेत्रमा केही गर्न चाहने युवाहरूलाई लक्षित गरेर सरकारले यो तालिम दिन लागेको हो। उक्त तालिम लिन योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै निवेदन फारम बुझाउन अनुरोध गर्दै ती प्रतिष्ठानले प्रकाशित गरेका सूचना तपाईँको लागि हामीले यहाँ प्रकाशित गरेका छौँ। यदि इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्।
क-कसले फारम भर्न पाउँछन्?
- कम्तीमा एस.एल.सी पास गरेका वा सो बराबर शैक्षिक योग्यता भएका नेपाली नागरिकहरूले पाउँछन्
के कस्तो तालिम लिन पाइन्छ?
- बेसिक फुड प्रिपेरेशन (बेकरी)
- फुड एण्ड बेभरेज सर्भिस (वेटर)
तालिम कति समयको हुनेछ?
- दुवै तालिमहरू ३ महिनाको हुनेछन्।
- बसोबासको व्यवस्था के हुने भन्ने कुरा सूचनामा खुलाइएको छैन। तपाईँले आवेदन दिनुभन्दा पहिला सोध्न नभुल्नुहोला।
फारम भर्ने अन्तिम मिति कहिले हो?
- यही मिति २०७५/१०/१५ गते भित्रमा फारम बुझाइसक्नु पर्नेछ
तालिम कहिलेबाट सुरु हुन्छ?
- माघ महिनाको चौथो हप्ताबाट सुरु हुनेछ
के के कागजात चाहिन्छ?
- स्पष्ट रूपमा भरिएको फारम
- २ वटा हालसालै खिचेको पासपोर्ट साइजको फोटो
- नागरिकताको फोटोकपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी
- प्रतिष्ठानको लेखाशाखामा फारम दरखास्त दस्तुर रु. ५००/- तिरेको रसिद
कहाँ सम्पर्क गर्ने?
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान: ०१-४२७०६०५, ०१-४२७१०२८
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान: ०१-५५९०८००
नोट: तालिममा विपन्न, आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी, दलित र पछाडि परेका क्षेत्रहरुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। तालिममा प्रयोगगात्मक कक्षाको लागि चाहिने लुगा र नाइफ सेटको व्यवस्था प्रशिक्षार्थी आफैले गर्नुपर्नेछ।
सूचना जस्ताको त्यस्तै:
सरकारले बेकरी र वेटरको नि:शुल्क तालिम दिँदै, आवेदन खुल्ला
Reviewed by newG
on
January 25, 2019
Rating:
No comments: